
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा मात्रिका भट्टराई स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र सञ्चालकका रूपमा मात्रिका भट्टराईलाई नियुक्त गरेको छ।
कम्पनीको स्वतन्त्र सञ्चालक पदमा रही कार्यभार सम्हालिरहेका सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।
कम्पनीको असार २८ गते नै बसेको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी मात्रिका भट्टराईलाई ४ वर्षको अवधि सहित सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।

