
हिमालयन लाइफका बीमितले कुनै पनि व्यतित बीमालेखको रिन्यूमा ५० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाली बीमा क्षेत्रकै बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले यही असार २५ गतेदेखि असार ३२ गतेसम्म धमाधम छुट पाइरहेका छन् । उनीहरुले व्यतित बीमालेखको रिन्यूमा त्यस्तो छुट पाएका हुन् । कम्पनीले हाल ५० प्रतिशत छुट दिएको जनाइको छ।
केही दिन अघि सार्वजनिक रुपमा नै सूचना समेत जारी गरेको हिमालयन लाइफका बीमितले अहिले बीमालेख अवधिभर एकपटक मात्रै पाइने छुट रहेको तथा नवीकरण भएका बीमालेखको हकमा दुई वर्षभित्र सरेण्डर भएमा त्यस्तो छुट रकम काटिने बताइएको छ ।
अहिले कम्पनीले ग्राहकलाई आफ्नो नजिक पर्ने कार्यालयमा पुगेर त्यस्तो छुटको लाभ उठाउन समेत सकिने बताएको छ ।

