
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

