
सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशतसम्म छुट पाउने



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता गरेका छन्।
सोही सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । वुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने उक्त छुटको व्यवस्था गर्दै बैंकले यस्तो सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल यात्रामा धकेल्न मद्धत पुग्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा गर्दै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणका लागि नागरिकहरुले सहजै सिटिजन्स बैंकको वेबसाइटबाट आवश्यक जानकारी लिन मिल्ने व्यवस्था गरिएको छ ।

