
लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरबाट पक्राउ
काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । प्रहरीले भट्टलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने काठमाडौँ प्रहरीले जनाएको छ ।


