

पुराना हिसाब फरफारकमा गति लिदै राष्ट्रिय बीमा कम्पनी, एकै पटक २ आर्थिक वर्षको साधारण सभा सम्पन्न




काठमाडौं । नेपाल सरकारको समेत स्वामित्व रहेको (एक निर्जीवन बीमा कम्पनी) राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एक साथ सम्पन्न गरेको छ । विगत लामो समयदेखी आफ्ना पुराना हिसाब किताबहरु फरफारक गर्न नसकेको आरोप खेप्दै आएको कम्पनीले विभिन्न प्रतीकूत, अनुकल परिस्थतीका बाबजुत वार्षिक सभा सम्पन्न गरेको जानकारी दिएको हो ।
सरकारी कम्पनी भएको नाताले केही प्रक्रियागत रुपमा नै कार्य सम्पादनमा समय लाग्ने विद्यमान अवस्था कायमै रहेको बेलामा बीमा कम्पनीले बाँकी रहेका अन्य सभाहरु समेत तीन महिना भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीको मंसिर २७ गते बिहीबार बसेको ४ सय १८ औं संचालक समिति बैठकले साधारण सभाको मिति तय गरेको थियो । सोही मिति अनुरुप आज राजधानीको शंखमुलस्थित अनमोल क्याट्रीङमा सम्पन्न सभामा आर्थिक वर्ष २०७३।७४ र आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन सदर गरिएको छ ।
सभामा सोही आर्थिक वर्षका लागि लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरिएको हो ।
यता महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को नियुक्ती एवम् पारिश्रमिक अनुमोदन भएको छ ।
महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट आर्थिक वर्ष २०७५।७६, ७६।७७, ७७।७८ र ७८।८९ का लागि नियुक्त लेखापरीक्षकको समेत नियुक्ती एवम् पारिश्रमीक सोही सभाले समर्थन गरेको छ ।
संचालकहरुको आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को बैठक भत्ता एवम् सुविधाहरु अनुमोदन भएको छ ।
सभामा संचाकहरुको बैठक भत्ता ६ हजार तथा संचार तथा पत्रपत्रिका, इन्टरनेट, इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्न स्वीकृत गरिएको छ ।
सभामा राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यय, प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवहरी श्रेष्ठ लगायत अन्य संचालकहरुलाई साक्षी राख्दै लगानीकर्ताहरुले आफूहरुले समेत राष्ट्रिय बीमा कम्पनी प्रति ठूलो आशा-भरोसा राखेको र सोही अनुसारको प्रतिफल कम्पनीले निकट भविष्यमा दिने आशा व्यक्त गरे ।
केही लगानीकर्ताहरुले आफूहरुले ३ दशक अघि राष्ट्रिय बीमा कम्पनीमा जोडिनुको एउटै मात्र कारण कम्पनीप्रतिको ठूलो विश्वास रहेको बताउँदै आगामी दिनमा कम्पनीले हरेक लगानीकर्ताहरुको विश्वासलाई उच्च बनाउँने किसीमले काम गर्दै जानु पर्ने सुझाव दिए ।
साथै, सरकारी संयन्त्रका कारण कम्पनीका मुख्य व्यक्ती नै फेरबदल हुने परिपाटीले मन्चमा बसेको सीईओलाई जवाफदेही मान्ने की यस अघि कार्य सम्पादन गरेका सीईओलाई स्मरण गर्ने हो ? भन्ने कुरामा आफूहरु सदैव दुविधामा पर्ने गरेको भाव केही पुराना लगानीकर्ताले व्यक्त गरे ।
यता, सरकारको समेत स्वामित्व रहेको कम्पनीले बीमितलाई दिने सेवा सुविधा चुस्त दूरुस्त बनाउँन नै पहल गरिएको र छिट्टै पुराना हिसाबकिताबहरुको फराफराक हुने बीमा कम्पनी पक्षको भनाई छ ।
गणपुरक संख्याको सहभागीतालाई बाक्लो उपस्थिती नचाहिने
यता कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीको गणपुरक संख्या पूरा हुने कोही होइन भन्ने सवाल चलेको थियो । यद्यपी सो संख्या अन्य कुनै पनि सभामा उठ्ने सामान्य पश्न हो ।
राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधिले दिएको जवाफ अनुसार नेपाल सरकारको प्रतिनिधि १ जना र त्यहाँका पूर्व कर्मचारी ४,५ जना आउँदा पनि सभाले माने राख्ने बताएका छन् । भनाईको मतलब ५० प्रतिशत सेयर स्वामित्व भएका ३ जना लगानीकर्ताको उपस्थितीलाई समेत सदर गरिने कम्पनीले जनाएको छ ।
हाल नेपाल सरकारको ४७ प्रतिशत सेयर रहेकाले नै राष्ट्रिय बीमा कम्पनीमा जम्मा ३ प्रतिशत सेयर स्वामित्व पूरा गर्ने अन्य केही कर्मचारीहरुको उपस्थितीमा नै सभा सम्पन हुने व्यवस्था रहेको बताइएको हो । सोही कारण अन्य कम्पनीहरुमा जस्तो भीडभाडले मात्र नभई सेयर भ्यालुका आभारमा आफ्ना प्रतिनिधिहरुको उपस्थितीले माने राख्ने राष्ट्रिय बीमा कम्पनीले बताएको छ ।
कार्यक्रमको संचालन राष्ट्रिय बीमा कम्पनीकी कम्पनी सचिव डा.सृजना पन्तले गरेकी थिइन भने सभामा कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइराला उपस्थित थिए ।