
सेयर बजारमा झिनो अंकको सुधार, कारोबार ४ अर्ब माथि
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ । गत साता पनि सामान्य बढेको बजार यो साताको पहिलो दिन नै बजारमा सुधार देखिएको हो ।
आज सेयर बजार परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १०५ कम्पनीको सेयर बजार बढेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि १.९६ अंकले बढेर ४६७.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ ।
परिसूचक सामान्य बढेको दिन नेप्सेमा करिब साढे ४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३५४ कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर ४९ हजार ८०९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


