
सहजताको बहानामा पोलिसीहरु हटाउनु हुँदैन: पूर्व गभर्नर अधिकारी

काठमाडौं । पूर्व गभर्नर महाप्रसाद अधिकारीले सहजताको नाममा पोलिसीहरु हटाउन नहुने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै पूर्व गभर्नर अधिकारीले भने, ‘अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन । लिक्युडिटी जति पनि छ । रेमिट्यान्स पनि आइरहेको छ भनेर सहजताको नाममा पोलिसीहरु हटाउनु हुँदैन । पछि बाउन्स ब्याक गर्नका लागि गाह्रो हुन्छ ।’

