

सेयर बजारमा ६ अंकको वृद्धि, हेर्नुस् कारोबार रकम कति ?




काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६ अंकले बढेको छ । हिजो ५० अंकले बढेको सेयर बजार परिसूचक आज भने ६ दशमलव १६ अंकले बढ्न पुगेको हो।
यता मंगलबार कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४६ दशमलव ८४ विन्दुमा पुगेको थियो भने आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ। यस्तो बेलामा १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८९ अंकले बढेर ४५० दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज ८ उपसूचको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । एउटा उपसूचको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ६ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ६६ हजार ६२६ पटक खरिद बिक्री भएका छन् ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्से परिसूचकले देखाउँछ।