
स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । यस दिन नेप्सेमा कम्पनीको ९३ लाख ७५ हजार कित्ता सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
अब कम्पनीको सेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

