
निर्जीवन बीमा कम्पनीको व्यवसाय ४४ अर्ब माथि, शिखर पहिलो नम्बरमा

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब माथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा निर्जीवन बीमा बम्पनीहरुले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कुल बीमा व्यवसाय गरेका हुन् ।
यो अवधिमा कुल २६ लाख ५१ हजार १० वटा बीमा लोख मार्फत उक्त रकमको बीमा व्यवसाय गर्न कम्पनीहरु सफल भएको देखिएको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको । त्यस्तै यो अवधिमा दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योेरेन्स रहेको छ । यो कम्पनीले यस अवधिमा ४ अर्ब ७७ करोडको बीमा व्यवसाय गर्न सफल भएको छ ।
तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै यो अवधिमा नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सानिमा जिआईसीले २ अर्ब ५५ करोड, सिद्धार्थ इन्स्योरेन्सले ३ अर्ब ९२ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड र युनाइटेड अजोडले यो अवधिमा २ अर्ब ७६ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।


