
सूर्यज्योति लाइफको सेयर लिलाम बिक्री, प्रतिकित्ता मूल्य १६५ रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै सेयर बिक्रीमा राखेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनी सहित सर्वसाधारण लगायत इच्छुक सबैले खरीद गर्न सक्नेछन् । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
यसमा आज असार १० गतेदेखि असार १८ गते बोलपत्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

