
बीमामा बेथिती : अभिकर्ताभन्दा कम अनुभव भएका व्यक्तीलाई सुम्पिइन्छ जीवन बीमाको ब्रान्च म्यानेजर



काठमाडौं । नेपाली बीमा क्षेत्रमा अर्को बेथिती देखिएको छ । अनुवभको आधारमा पदोन्नती गर्ने नभई मनोमानी शैलीमा ब्रान्च म्यानेजर नियुक्त हुन थालेको हो ।
यससँगै आम बीमितलाई बीमाको गहिराईमा पुगेर यसको अपरिहार्यताका वास्तविक चित्र आम मानिसमा पुर्याउने भन्दा पनि व्यवसायीकतामा बढी जोड दिन सुरु भएको छ । बीमा आफैमा एकातर्फ सेवा र अर्कातर्फ व्यवसाय भए पनि पछिल्लो समय मिस सेलिंगले समेत डेरा जमाएकोे अवस्था जगजाहेर नै छ ।
यस्ता किसिमका व्यक्तीगत भनसुनका आधारमा हुने किर्ते नियुक्तीलाई निस्तेज पार्न आवश्यक रहेको जीवन बीमाका कतिय अनुभवीहरु सुनाउँछन् । उनीहरुले यस्ता विषयमा थोरै मात्र गम्भिर भएर खोतल्ने हो भने त्यसको जरो वर्तमान समयमा नेपाली सहकारी क्षेत्रमा देखिएको बेथितिभन्दा बरु माथि नै हुने बताएका छन् ।
नेपाली जीवन बीमा कम्पनीमा निकै लामो समय काम गरेका तथा बीमा अभिर्ताहरुको समेत नेत्तृत्व गरेका एक स्रोतले बीमा दर्पणसँग भन्छन्, लोक सेवा जसरी नै नियुक्ती हुने कुरा त निकै परको कुरा हो, यहाँ त खुलमखुल्ला सेटिंग नै चल्ने गरेको छ । त्यसको मारमा हाम्रै अभिकर्ता साथिहरु पर्ने गर्नु भएको छ ।
उनीहरुले बीमा कम्पनीहरुमा निकट हुने जो कोहीेले कम्तीमा बीमा के हो ? र बीमाको गम्भियर्ता कति हो ? भन्ने स्पष्ट हुनुपर्ने सुनाए । बीमा कम्पनीहरुले बीमा अभिकर्ताहरुलाई
समेत बीमाको फ्रन्ट डोर र कर्मचारी सरह हेर्नु पर्ने उनीको भनाई छ ।
बारम्बार आफूहरुले बीमा अभिकर्ताहरुको इन्सेन्टीभको लागि ठूलो लडाई गरेका कारण नै आज बीमा बजारमा केही आकर्षण बढ्न गएको समेत उनको दाबी छ । यता, बीमा क्षेत्रमा हुने नियुक्तीहरु कतिसम्म वैध र कतिसम्म अवैध ? भन्ने तथ्यांकमा नियामक निकाय नेपाल बीमा प्राधिकरण थप चनाखो हुनुपर्ने उनको सुझाव छ ।
कमसललार्ई गैर कानुनी स्थान दिँदा कुन बेला प्रमुख कार्यकारी अधिकृत (सीईओ) कै जागिर जाने वा उनीहरुले स्पष्टिकण दिनुपर्ने अवस्थामा नेपाली बीमा क्षेत्र गुज्रिएको भन्दै ती अनुभवी बीमा अभिकर्ताले बीमा अभिकतार्को लाइसेन्सको महत्व के, कति हो ? भन्नेमा नियामक र कम्पनीले थप खुलस्त बनाउँन जरुरी रहेको बताएका छन् ।
अझैसम्म पनि पार्ट टाइमका लागि, छिटो पैसा कमाउनका लागि, बीमा बजार सेवा भन्दा पनि व्यक्तीगत आर्जनको थलोको रुपमा नै चित्रण हुने भएकाले अभिकर्ताहरु गतिलो तालिम र कडा परिश्रममा काम गर्न बाध्य रहेको नेपालको ठूलो चुक्ता पुँजी भएको जीवन बीमा कम्पनीको एक अभिकर्ताले दुखेसो पोखेका छन् ।
सकेसम्म बीमा क्षेत्रबाटै ज्ञान आर्जन गरेका व्यक्तीलाई बीमाका प्रसोसनको व्यवस्था हुनुपर्ने बताएका उनले जीवन बीमामा जनशक्ती अभावको पीडा समेत खट्कीरहेको सत्य स्वीकार गरेका छन् । यद्यपी त्यस्तो मौकाको फाइदा छोपेर मात्र नभई बीमा क्षेत्रका वास्तविक समस्यालाई समाधान गर्दै अभि बढ्नु पर्ने उनको भनाई छ ।
आगामी दिनमा ब्रान्च म्यानेजरलाई अभिकर्ताले जीवन बीमाको क,ख पढाउनु पर्ने स्थिती अन्त्य हुनुपर्ने अनुभवि अभिकर्ताका नेताहरुको भनाई छ । उनीहरुले विगतदेखि औंल्याउँदै आएको बीमा क्षेत्रको कमजोरी हालसालै मात्रै बाहिर आउँन सुरु गरेको समेत सुनाउँन भ्याए ।


