
कर्णाली याक्स द्वारा मार्की सहित सात खेलाडी रिटेन



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को लागि कर्णाली याक्सले मार्की सहित कुल सात खेलाडी रिटेन गरेको छ। राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ।
सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन गर्ने निर्णय कर्णाली याक्सले गरेको छ। गत सिजनको टोलीबाट अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई रिलिज गरिएको छ।
गत सिजन टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महत्वपूर्ण रहेपनि नियम अनुसार रिलिज गर्नुपर्ने भएको कारण खेलाडी रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए। रिलिज भएका सबै खेलाडीलाई धन्यवाद दिंदै आगामी सिजनको अक्सनको लागि मल्लले शुभकामना दिएका छन्। साथै कर्णालीले रिलिज गरेको सात खेलाडी सहित नेपाल प्रिमियर लिग सिजन ३ मा सशक्त रूपमा टीम अगाडि बढ्ने पनि निर्देशक मल्ले बताए। कर्णाली याक्सले गत सिजन छैटौं स्थानमा लिग सकाएको थियो।


