
प्रि ओपन सेसनमा करिब साढे ३ अंक बढ्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १७.१५ अंक बढेर २५९१.८० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.३१ अंक बढेर २५९५.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ८० स्टकको २०२ पटकको कारोबारमा ६ करोड ३३ लाख ८८ हजार ९९३ रुपैयाँ २० पैसाबराबरको २२ हजार ३४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३९ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


