
केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए



न्युजिल्यान्डका दिज्जग ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यससँगै उनको १६ वर्षे शानदार अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ ।
३५ वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १९ हजार ३२६ रन बनाएका छन् ।
विलियमसनले ११० टेस्टमा ६ दोहोरो शतक र ३३ शतकसहित ९ हजार ५१५ रन, १७५ एकदिवसीयमा १५ शतकसहित ७ हजार २५६ रन तथा ९३ टी–२० मा २ हजार ५७५ रन बनाएका छन् ।
केन विलियमसनले सन् २०१६ देखि २०२४ सम्मको अवधिमा ३ वटै फर्म्याटमा न्युजिल्यान्डको कप्तानी गरेका थिए । उनको कप्तानीमा टोलीले आईसीसी एकदिवसीय विश्वकपमा २ पटक फाइनल र ३ पटक सेमिफाइनल खेल्यो । यस्तै सन् २०२१ मा न्युजिल्यान्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको थियो ।


