
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ हजार १०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

