
आईएमई लाइफ इन्स्योरेन्स लक इन अवधि असार ३० गते सकिंदै



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक समूह तथा कर्मचारीहरूका लागि छुट्याइएको सेयरको लक-इन अवधि आगामी असार ३० गते सकिने भएको छ। इन्स्योरेन्सको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो।
हाल कम्पनीका संस्थापकहरूको २ करोड ८० लाख कित्ता सेयर र कर्मचारीतर्फ ६ लाख कित्ता सेयर लक-इनमा राखिएको छ। यी सेयरहरू लक-इन खुलेपछि दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ।


