
बेरुजु फस्र्यौटमा ढिलासुस्ती, ३१ प्रतिशतबाट ४ प्रतिशतमा झर्यो बेरुजु फस्यौटको स्थिति



काठमाडौं ।बेरुजु फस्र्यौट अर्थात् सम्परीक्षणमा सरकारी पदाधिकारीहरुले ढिलासुस्ती गरिएको देखिएको छ । पछिल्लो वर्षहरुमा बेरुजु फस्र्यौट एकल अंक प्रतिशतमा सीमित हुन थालेको छ ।बेरुजु फस्र्यौट अनुगमन समितिको बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुरुप सो कुरा बताइएको हो ।
महालेखा परीक्षकको कार्यालयका अनुसार २०७६/७७ सम्म ३१ प्रतिशत बेरुजु फस्र्यौट गर्दै आएका सरकारी पदाधिकारीहरुले आर्थिक वर्ष २०८०/८१ मा आँउदाँ ४ प्रतिशत सिमित रहन पुगेको छ । पछिल्ला वर्षहरुमा बेरुजु रकम बढ्दै गएको अवस्थामा उक्त रकम फस्र्यौट भने कम हुदै गएको महालेखा परीक्षक कार्यालयका अधिकारीहरु बताउछन् ।
आर्थिक वर्ष २०७६/७७ मा ३१.२३ प्रतिशत बेरुजु फस्र्यौट भएको देखिन्छ। साथै, आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा देखिएको विश्वव्यापी कोरोना महामारीका बाबजुद क्रमशः ३१.२३ प्रतिशत र १५ प्रतिशत बेरुजु सम्परीक्षण/फर्स्यौट गर्न सफल भएको देखिन्छ। भने पछिल्ला आर्थिक वर्षहरूमा बेरुजु अङ्कको तुलनामा सम्परीक्षण अङ्क क्रमशः घट्दै गएको देखिन्छ।


