
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, सुझाव दिन आह्वान



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा जुटेको हो । रायसुझाव आउँदो असर ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेल monetarypolicy@nrb.org.np मा पठाउन सकिनेछ।


