
अप्पर स्याँङ्गे हाईड्रोपावरको लक-इन अवधि असार २१ गते सकिंदै



काठमाडौं । अप्पर स्याँङ्गे हाईड्रोपावरको संस्थापक समूह तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दा र कर्मचारीहरुलाई छुट्टाइएको सेयरको लक इन अवधि असार २१ गते सकिने भएको छ ।
कम्पनीको कुल १५ लाख ६३ हजार कित्ता सेयरको लक-इन अवधि सकिना लागरको हो । हाल कम्पनीको संस्थापकहरुको १३ लाख ३० हजार कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको २ लाख २९ हजार कित्ता र कर्मचारीहरुको १६ हजार कित्ता सेयर लक-इन मा राखिएको छ ।
यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।



