
प्रि ओपन सेसनमा साढे २ अंकभन्दा बढी बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकभन्दा बढी बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७० अंक बढेर २७५८.०७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको ८५ पटकको कारोबारमा ५० लाख ७६ हजार १२५ रुपैयाँबराबरको ३ हजार ६३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।


