
बजेटलाई सेयर बजारको रातो कार्पेट, कारोबार साढे ५ अर्ब माथि



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मात्रै बढेको छ । आज दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.७८ अंकले घटेर ४७०.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ ।
परिसूचक घटेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर ६३ हजार ७१९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


