
बीमा कम्पनीहरुको बेथिती बढार्दै बीमा प्राधिकरण, कम्पनीहरु भन्छन्-कुच्चो सफा होस्



काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रमा सर सफाइ अभियान चलेको छ । बीमा कम्पनीहरुका कतिपय पुराना परम्परावादी शैलीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले समेत धमाधम तोड्ने नीति अपनाउन खोजेको देखिन्छ । केहीहदसम्म देखिने गरी नै नियाकीय कारबाही समेत सुरु भएका छन् ।
ठीक यही बिचमा बीमा कम्पनीहरुलाई प्राधिकरणले गलत ट्रयाकमा हिड्ने सवारीको चिट काटिए जस्तै उनीहरुमा माथि आर्थिक जरीवाना समेत थोपर्न सुरु भएको छ ।
यता, बीमा कम्पनीमा नेत्तृत्व गरी रहेका प्रमुख कार्यकारी अधिकृत सीईओ हरु पनि आफ्नो उदेश्य बीमा बजारको उचाईं ह्वात्तै बढोस् भन्नेमा केन्द्रित रहेकोमा केही शंका नगर्न भन्छन् । उनीहरुले बीमा बजारको बजारीकरणमा नै कम्पनी निर्भर हुने र त्यस्तो बजारीकरण कडाईको डण्डाबाट भन्दा पनि बजारको आवश्यकता अनुसारको नयाँ उत्पादनमा नै बढि घनिष्ट हुने बताउछन् ।
केही दिन अघि मात्रै कतिपय निर्जीवन बीमा कम्पनीहरु माथि नियामक निकायले आर्थिक जरीवानाको कारबाही गरेको अवस्था छ । ठिक यस्तो बेलामा केही पुराना तथा ठूला जीवन बीमा कम्पनीका सीईओहरुले नौलो प्रतिक्रीया सुझाएका छन् । उनीहरुले प्राधिकरणको कारबाही अत्यन्तै स्वगत योग्य भए पनि, सरसफाई गर्नु अघि कुच्चो समेत साफ हुनु पर्ने बताएका हुन् ।
यस भनाईले नेपाली बीमा क्षेत्रको पछिल्लो काम गराईमा एक किसिमको तरंग पैदा गरेको छ ।
साथै, विगतमा नेपालमा रहेका सरकारी बीमा कम्पनी र निजी बीमा कम्पनी बिच हुने नियामकीय कार्य भिन्नताको समे बेला बेलामा टिका टिप्पणी हुने गरेको थियो । त्यसपछि कतिपय कारबाहीको बेलामा बीमा प्राधिकरणलाई बीमा कम्पनीहरुले ठूला कम्पनीले नियामक चलाउने हो कि नियामकले ठूला कम्पनी चलाउँने हो भन्ने लगायतका धारणा व्यक्त गर्दै आएका थिए ।
सबैभन्दा पछिल्लो भेटघाटमा नाम चलेका र ठूला ३ निर्जीवन र २ जीवन बीमा सहित मर्जरमा गएका र मर्जरमा नगएका कम्पनीहरुले नै नियामकको कारवाही क्षमतामा थप बलियो बनाउन नियामक स्वयम् केही सफा हुनुपर्ने आशय व्यक्त गरेका छन् ।
उनीहरुलाई बीमा प्राधिकरण भित्र विद्यमान बेतिथिका बारेमा खुलेरै बिस्तार गर्न समय दिँदा केही सीईओहरुले भने देखिने सामान्य विषय वस्तु वा नदेखिने ठूला घट्ना कस्ता विषयको रिर्पोटिंग गतिलो हुने हो पहिले त्यस्ता विषय पहिचान गरेर लिस्ट बनाउनु होस् भन्नेसम्मका व्यग्यदेखि तितो यथार्थ ओकलिएको अवस्था छ ।
यद्यपी सोही विषयमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले घट्नाको प्रकृतिको व्याख्या मात्र नभई केही घट्ना नै बताउँदा सहज हुने बताएको अवस्था छ । यसले बीमा दर्पण डटकमलाई नेपाली बीमा क्षेत्रको वास्तविक समस्या बाहिर ल्याउँन एवम् विद्यमान समस्या समाधानमा जोड दिँदै, आम बीमितहरुलाई थप जारकार बनाउँदै बीमा प्रतिको विश्वास जगाउन ठूलो मद्धत पुग्ने आँकलन गरिएको छ ।


