
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको थियो ।
सुनको मूल्य घटेको दिन चाँदीको मूल्य भने बढेको छ । आज जाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर ५ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २७५ रुपैयाँ रहेको थियो ।


