
विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप अनुसन्धानका लागि विशेष अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले आज म्याद थपका लागि उनलाई विशेष अदालतमा पेस गरेको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएसँगै उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको छ।

