
सुकुमवासी बस्ती अहिले खाली नगर्नु भन्ने पक्षमा सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । शुक्रबार सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी किनार तथा सार्वजनिक स्थानमा रहेका सुकुमवासी बस्ती तत्काल खाली नगर्नु भन्ने पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
सो आदेश न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बस्ती हटाउने प्रक्रिया रोक्न आदेश जारी गरेको अवस्था हो।
यता, गोपाल रन पहलीसहित ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती हटाउने तयारीविरुद्ध नै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।


