
नाइमा मोबिलिटी २०२६ मा-एनएलजि इन्स्योरेन्सको स्टल

काठमाडौ । नाइमा मोबिलिटी २०२६ मा एनएलजि इन्सुरेन्सले स्टल राखेको छ। “सबैको सुरक्षा, एनएलजीको इच्छा” भन्ने महत्त्वपूर्ण सन्देश बोकेको बीमा क्षेत्रमा ए माइनस इक्रा नेपाल रेटिङ पाएको अनि आई.एस.ओ ९००१ः२०१५ बाट प्रमाणित एनएलजी बीमा कम्पनीले भृकुटी मण्डपमा चलिरहेको नाइमा मेला २०२६ मा आफ्नो स्टल राखेको हो ।
बीमा क्षेत्रमा पहिलो श्रेणीको सेवा दिने उद्देश्य बोकेको यस बीमा कम्पनीले त्यहाँ आफ्नो स्थल राखेर विभिन्न किसिमका सवारी साधनहरु चाहे ती इन्धनबाट चल्ने हुन् वा बिजुलीबाट त्यसको सुरक्षाको लागि आफू सदैव तत्पर रहेको सन्देश दिएको
हो ।
उक्त बीमा योजनामा सवारी साधनको आगलागीबाट हुने क्षति, प्राकृतिक प्रकोपबाट हुने क्षति, तेस्रो पक्षलाई पर्न जाने क्षति, स्वयं चालकले निम्त्याएको दुर्घटनाबाट हुने क्षति, सवारी फस्दा आकस्मिक उद्धारको व्यवस्थालाई समेटिएको छ । यस किसिमको योजनाले चालकलाई निर्दक्क भएर गाडी चलाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ । जब निर्धक्क भएर गाडी चलाइन्छ तब
बल्ल हामी सुरक्षाको महसुस गर्न सक्छौ । बिना डर गाडी चलाउँदा आउने मज्जाले आफ्ना ग्राहकलाई सन्तुष्टि पनि प्राप्त हुने भनिएको छ ।
श्रावण २६ मा सुरु भएको उक्त मेला श्रावण ३१ सम्म भिर्कुटी मण्डपमा चल्नेछ र मेलामा सवारी साधन किन्न पाल्नुहुने मानिसहरूलाई एनएलजी बीमा कम्पनीले सेवा
गर्ने मौका दिनुहुन आह्वान गरेको छ ।

