
सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदी १५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।


