
बीमा प्राधिकरणमा ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर



काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धिका लागि भन्दै पाँच जना निर्देशकहरूको विभागीय जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिस बमोजिम यो नयाँ कार्यविभाजन लागू गरेका हुन् ।
प्राधिकरणद्वारा सार्वजनिक विवरण अनुसार, अबदेखि कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा र पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको कमाण्ड सम्हाल्नेछन्। यसअघि उनिहरू क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत थिए । त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको जिम्मेवारी सुम्पिएको छ भने कमलप्रसाद रेग्मीलाई नियमन र शाम्भाराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व सुम्पिएको छ।


