
प्रि ओपन सेसनमा करिब १ अंक बढ्यो नेप्से



काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९८ अंक बढेर २७७१.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ४० स्टकको ६९ पटकको कारोबारमा १ करोड ६१ लाख ९६ हजार ५०५ रुपैयाँ ४९ पैसाबराबरको ४ हजार ५२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।


