
एशियन लाइफको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्यारेन्स कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो ।
सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।

