
साताको अन्तिम दिन १३ अंकले घट्यो नेप्से, कारोबार कति ?



काठमाडौं । आज शेयर बजार अन्तिम समयमा घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा परिसूचक २८३७.७७ विन्दुमा पुगेको छ ।
आज दिनभरमा ८ अर्ब ९९ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।
आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३३५ वटा कम्पनीको शेयर ९७ हजार ४८० पटक किनबेच भएको छ ।


