
कालिञ्चोक हाइड्रोपावरमा मागभन्दा ४७ गुणा बढी आवेदन



काठमाडौं । कालिञ्चोक हाइड्रोपावरमा माग भन्दा ४७ गुणा बढी आवेदन परेको छ । कम्पनीले ४ लाख ८४ हजार ७५० कित्ता शेयरको लागि आवेदन माग गरेकोमा ३ करोड २१ लाख ६६ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग भन्दा ४६.९७ गुणा बढी हो ।
कम्पनीको आइपीओ २७ लाख ४९ हजार ६०२ आवेदकले आवेदन दिएका थिए । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।


