
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी १० विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।
अहिल्ला दुई फाइनामा उपविजेतामा सिमित भएको सुदुरपश्चिमले तेस्रो सिजनमा आइपुग्दा उपाधिको खडेरी तोडेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदुरपश्चिमले १३.३ ओभरमा कुनै पनि विकेट नगुमाएर पुरा गरेको हो । उसका लागि ओपनर जर्ज मुन्सीले सतकीय पारी खेले । उनले ५४ बलमा १२५ रनको पारी खेले । अर्का ओपनर विनोद भण्डारी ३० रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।


