
ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै सरकार



काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण र नयाँ बिल जारी गर्न लागेको हो । कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०८३ चैत २३ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज सोमबार (चैत २३ गते) दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । यसको मंगलबार बाँडफाँट हुनेछ ।



