
उद्योग वाणिज्य संघ धनकुटाको नेतृत्वमा ३ जनाको उम्मेदवारी

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै अध्यक्ष बाहेक अन्य पदमा ३४ जनाको उम्मेदवारी परेको छ । आगामी भदौ ६ गते उद्योग वाणिज्य संघ धनकुटामा नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।
गत साउन १६ गते सम्पन्न भएको ४६ औँ साधारण सभा तथा अधिवेशनले निर्वाचन समिति घोषणा गरेसँगै निर्वाचन समितिको बैठकले निर्वाचन मिति भदौ ६ गतेलाई तय गरेको थियो ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार अध्यक्ष पदमा कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ (तारा) र रामबहादुर रायाले उम्मेदवारी दर्ता गरेका छन् । संघको आगामी ३ वर्ष कार्यकालका लागि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा श्रेष्ठ वर्तमान कार्यसमितिको उपाध्यक्ष, तितुङ वरिष्ठ उपाध्यक्ष र राया कार्यबहाक महासचिब रहेका छन् ।

