
ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस



काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दर्ता प्रक्रियामा रहेको बताए ।
ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ । कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।


