
बीमा प्राधिकरण, गण्डकी प्रदेशका सहायक निर्देशक प्रदीप गौतमलाई पितृशोक



काठमाडौ । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयमा सहायक निर्देशक पदमा कार्यरत प्रदीप गौतमका पुजनीय पिता स्वर्गीय माधव प्रसाद गौतमको मिति २०८२ साल चैत १० गते असामयिक निधन भएको छ । सोहि खबरले समग्र बीमा क्षेत्रलाई अत्यन्तै स्तब्ध र मर्माहत तुल्याएको हो ।
वि.सं. २००० साल माघ १० गते जन्मए उनको ८१ वर्षको उमेरमा भएको यस दुःखद निधनले परिवार र समाजमा अपूरणीय क्षति पुगेको छ।दुःखको यस घडीमा दिवंगत पुण्य आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल गौतम परिवारजनप्रति बीमा दर्पण परिवार गहिरो समवेदना प्रकट गर्दछ।


