

एनआईसी एशिया बैंकले म्याद सक्किएका ऋणीहरुलाई ३५ प्रतिशतसम्म व्याज छुट दिने




काठमाडौ। म्याद नाघेका ऋणीहरुलाई लक्षित गर्दै एनआईसी एशिया बैंकले सुविधा प्रदान गर्ने भएको छ । बैंकले हालसालै दिएको सूचना अनुसार बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट दिइने भएको हो ।
सो योजना ल्याउनुको पछाडी बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा असर परेको र त्यसलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यस्तो सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।
२०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत विभिन्न छुट प्रदान गर्ने अफर बैंकले ल्याएको हो।
त्यस्तै,९१ दिनदेखि १ सय ८० दिनसम्म म्याद नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १ सय ८१ दिनदेखि ३ सय ६५ दिनसम्म भाका नाघेका कर्जामा २५ प्रतिशत र ३ सय ६५ दिनभन्दा बढी अवधिको भाका नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था बैंकले सार्वजनिक गरेको छ ।