
प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा दुइ मन्त्री पनि
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहभागी भएका छन्। आज प्रधानमन्त्रीसँगै उनीहरु पनि भारततर्फ प्रस्थान गरेका हुन् ।
भारतमा रहँदा अर्थमन्त्री डा.वाग्ले दुईदेशबीच हुने सम्पूर्ण बैठक र छलफलमा दोस्रो वरियाताका नेपाल सरकारका अर्थमन्त्री र प्रतिनिधिको रुपमा सहभागी हुनेछन् । आज साँझ नै उनले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्र सहभागी नेपालमा लगानी आह्वान सम्बन्धि अन्तक्रियालाई सम्बोधन गर्ने कार्यक्रम छ।


