
हकप्रद निष्काशनका लागि हिमालयन पावरको बूक क्लोज मिति तय



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) चैत १० गते मंलबार गर्ने भएको छ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ बरारबको १ कित्ता शेयर बराबर ०.५ कित्ता (१ः०.५) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।
कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते अनुमति पाइसकेको छ। यद्यपि हालसम्म निष्काशनको मिति भने तय गरिसकेको छैन।

