
उपत्यकाका १५ क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’



काठमाडौं । काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । उपत्यकाभित्रका ३ जिल्लाका १५ सिटमा रास्वपाले क्लिन स्वीप गरेको हो । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ वटै क्षेत्रमा यो पटक घण्टी बजेको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना, २ बाट सुनिल केसी, र ३ बाट राजुनाथ पाण्डे विजयी हुनुभएको छ। यस्तै क्षेत्र नम्बर ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट निर्वाचित भएका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा रूकेश रञ्जित र क्षेत्र नम्बर २ मा राजीव खत्री विजयी भएका छन्। त्यस्तै ललितपुर क्षेत्र नम्बर १ मा बुद्धरत्न महर्जन, २ मा जगदिश खरेल र ३ मा डा.तोसिमा कार्कीले भारी मतान्तरले विजयी भएका छन्।

