
गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण बिष्ट ४९६ मतले पराजित



गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले ९सूर्य० का बिष्टले १६,३८२ मत प्राप्त गरे।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टी का श्रीराम महतले ३ हजार ०७९ मत प्राप्त गरेका छन्। गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।
यससँगै गुल्मी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा महत्वपूर्ण सफलता हासिल गरेको छ। निर्वाचन आयोगले आधिकारिक परिणाम सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ ।

