
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी



काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।
ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।
यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको पक्षमाचार हजार ४९३ मत आएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

