
खोटाङमा मतगणना सुरु



काठमाडौं । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरेपनि भर्खर सुरु भएको हो ।
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५ जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।

