
निरन्तर बढ्दै सुनको मूल्य, चाँदीको घट्दा तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा २ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

