
रास्वपाको बाचापत्रः भित्री कारोबारमा शून्य सहनशीलताको नीति लिने, बुक बिल्डिङ प्रणालीमा सुधार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन आफ्नो बाचापत्र सार्वजनिक गरेको छ। पार्टीले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने र पर्याप्त जनशक्ति तथा स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
बाचापत्र अनुसार, नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनःसंरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना छ। यसैगरी, पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन र डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ।
पार्टीले इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने र आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।

