
नेक्सजेन म्यानेजमेन्टले पायाे “डबल बी” रेटिंग



काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन कार्यको लागि CARE-NP BB (Is) Double B ( Issuer Rating ) पाएको छ । केयर रेटिंग नेपाल लिमिटेडको माघ १४ गतेको निर्णय अनुसार रेटिंग दिइएकाे हाे ।
नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीको रूपमा काम गर्ने गरी २०८२ पुस मसान्त भित्र संस्थापकहरूबाट ५० करोड पुँजी जुटार्इ सकेको छ ।२०७४ सालमा स्थापना भएको कम्पनी विगत ६ वर्ष देखि खुद मुनाफामा चलेको छ । गत वर्षहरूमा कम्पनीले लाभांश पनि वितरण गरेको छ । कम्पनीको नेटवर्थ अंकित मुल्य भन्दा बढी नै रहेको छ ।
२०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरी चुक्ता पुँजी ६२ करोड ५० लाख पुर्र्याउने निर्णय गरेको थियो । सर्वसाधारणमा शेयर निष्काशनको लागि नेक्सजेनले लक्ष्मी सनरार्इज क्यापिटल मार्केट संग गएको मंसिर ८ गते सम्झौता गरिसकेको जानकारी गराउन चाहन्छौं ।


