
जीवन बीमा कम्पनीहरुको व्यवसाय १७ प्रतिशतले बढ्यो, नेपाल लाइफ शिर्ष स्थानमा हुँदा कुनको व्यवसाय कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले व्यवसाय १७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा १४ वटा ठूला जीवन बीमा कम्पनीहरुको व्यवसाय १७ प्रतिशतले बढेको हो ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए ।
यो अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड १४ लाख ५५ हजार २३५ वटा सक्रिय बीमाखेल मार्फत उक्त रकमको बीमा व्यवसाय गरेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्ममा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क संनल गरेको छ । यो कम्पनीले पुस महिनासम्ममा २५ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएको छ ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क अर्जान गर्न सफल भएको छ । तेस्रोमा एलआईसी नेपाल रहेको छ । यो कम्पनीले यस अवधिसम्ममा १० अर्ब २२ करोड रुपैयाँ र चौथौमा रहेको हिमालयन लाइफ यो अवधिसम्ममा ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड, मेट लाइफ इन्स्योरेन्सले ३ अर्ब २४ करोड, एशियन लाइफले ४ अर्ब ६४ करोड, आईएमई लाइफले ३ अर्ब १८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै रिलायबल नेपालले २ अर्ब ९८ करोड, सिटिजन लाइफले ४ अर्ब ४ करोड, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, सानीमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।


